सम्पादकीय नोटस् आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
कविता:
हिउँको ओढ्नेले ढाकेर पत्थरको अंग धरी
पशुपन्छी आफूमाथि राखेर फूल नाना थरी
हरियो पहाडलाई श्वेत हिमालले गुलाम बनाएर
आँसुको रूपमा कञ्चन नदीनाला बगाएर
राख्छ देशको मान ठूलो हिउँको पुञ्जले
राख्छ पशुपन्छीको ध्यान त्यहाँको निकुञ्जले
सम्म भूमिलाई बनाई राख्छ सुकुलको रूपमा
राख्छ हिमालले स्थानलाई शीतल शान्त सेपमा
अनमोल रत्नहरूले झकिझकाउ गरेझैं
यो ठाँउ रहन्छ सधैँ इन्द्रको स्वर्गझैं
चट्याङ ल्याई गर्जने मेघ यसको सामु चुप हुन्छ
यसको आरोहन गर्न त धेरै मान्छेको मन हुन्छ
डाँफे यहीँ बसेर गाउँछ मीठो स्वरमा
बसेझैं लाग्छ पहाड यसकै करमा
अनन्त आनन्दको श्रोत यो विशाल हिमाल
यसको काखमा स्थित छ प्यारो देश नेपाल।
(प्रतीक भण्डारी बुढानीलकण्ठ स्कुलमा कक्षा ६ मा अध्ययनरत छन्।)