सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
कविता:
घरकी सानी नानी हुँ म
भन्छन् सबैले ज्ञानी
घरको सरसफाई गर्ने
राम्रो छ मेरो बानी।
छरपस्ट सामानहरू
मिलाएर राख्छु
धुलो मैलो बढारेर
डस्टबिनमा फ्याक्छु।
सफा हात सफा खुट्टा
सफा ज्यान जीउ
सरसफाईमा सबै जनाले
एकदमै ध्यान दिउँ।
फोहोर मैला भएपछि
रोगको हुन्छ बास
उपचार गर्नु पर्दा
धनको हुन्छ नास।
स्वास्थ्य भई बस्नु पर्छ
शहर देखि गाँउ
सरसफाईमा आफ्नो भुमिका
राम्रोसँग निभाउँ।
(शिविन श्रेष्ठ दि एक्सेलसियर स्कुल, स्वयम्मुमा कक्षा ६ मा अध्ययनरत छिन्।)