सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
कविता:
तिम्रो शितलताले मेरो प्यास बुझायो
तिम्रो सुगन्धले मेरो मन छोयो
तिमी छौ र त म पनि छु यो धर्तीमा
तिमीले दिएको स्वच्छ हावाले त म रहेको छु यो धर्तीमा
तिम्रो विनाशले जति हरियाली हरायो
त्यति नै तिम्रो सुकेको पातहरूले मेरो मन रूवायो
हरियाली देखिन्थ्यो तिमी भएको गाउँमा
अहिले खडेरी पर्दै छन् तिमीलाई मासेका ठाउँमा
तिमीलाई मासेर होला भगवान पनि रिसाउनुभएको
त्यसैले त बर्सेनि बाढी र पहिरोले मानिसलाई सताएको
तिम्रो आवश्कता बुझदै छन् मानिसहरू अहिले
त्यसैले भन्दैछन् फाड्नु हुँदैन रूख विरूवा कहिल्यै
मास्नु हुँदैन तिमीलाई भन्दैछन् मानिसहरू
तर हरियो वन फाडेर बाझो खेत बनाउँछन् मानिसहरू
तिमी हुँदा स्वच्छ हावा फेर्ने मानिसहरू
अहिले पैसा तिरेर रित्तो भाँडामा हावा भर्दैछन् मानिसहरू
(विमला दाहाल ब्लुम नेपाल स्कुलमा कक्षा ८ मा अध्ययनरत छिन्।)