सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
कविता:
नेपाली हो भनेर सानो छँदादेखि शानले भन्ने गर्थे म
देशका निम्ति ठूला सुन्दर सपना बुन्ने गर्थे म
हिमालको काखमा, विश्वको माझमा, पुर्णिामाको साँझमा फूलेको जूनझैं सुन्दर प्यारो मेरो देश
फरक विशेषता, संस्कृति, पहिचान, परम्परा, भाषा र भेष।
नशा नशामा विरताको रगत
अनि मुटुमा प्यfरो जगत
छन् सारा नेपालीको मनमा
यहाँ कोही बिक्दैनन्न तुच्छ धनमा।
एकताको उदाहरण हो हाम्रो जन
मित्रताले भरिपूर्ण छ हाम्रो मन
यहाँको माटो त एकपल्ट अंगालेर हेर
अलिकति पनि स्नेह र ममता जाँदैन खेर।
पाना पल्टाएर यही पंक्तिहरू नियाल्दै थिएँ
तर अफ्सोस
मुटुमा साँच्न नपाउँदै
आयो मस्तिष्क देशको स्थिती देखाउँदै
लाचार र निशब्द म
हेरिरहेँ भ्रष्टाचारले चलिरहेको सरकारलाई
स्वार्थीपनले बिगारिएका लाखौं घरबारलाई
कुर्दै बसिरहेँ राष्ट्रियताको फूल फुल्नलाई
आजाद पन्छीझैं आकाशमा खुला उड्नलाई
अनि खोजिरहेछु म जस्तो एक देशप्रेमीको गन्तव्यलाई
एक देशप्रेमीको गन्तव्यलाई।
(श्रृया श्रेष्ठ ज्ञानकुञ्ज स्कुलमा कक्षा १० मा अध्ययनरत छिन्।)