सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
कविता:
लौ न हेर साथी कस्तो समय आयो
एउटा सानो किरो देखेर विश्व नै डरायो
जताततै सेनिटाइजर, मास्क मात्र छायो
नयाँ खोज, सिर्जना र सीप सबै हरायो
माया, ममता, सहयोग ,सद्भाव सबै बिलायो
साथीलाई आफन्तसँगको सबन्ध चिस्यायो
घुम्ने, डुल्ने, पढ्ने, लेख्ने ठूलो रहर मेरो
कोरोनाले सबै कुरा भर्चुअलमै सीमित गरायो
हेर्दा नदेखिने, छुँदा नपाइने, थाहै नपाई सताउने
ल्याब गई चेकजाँच गर्दा मात्र थाहा पाइने
ठूलो, सानो, धनी, गरिब छाडेन कसैलाई यसले
कस्तो रहेछ मानवजातिलाई पिँजडामा थुन्न सक्ने
अचम्म छ दुनिँया, छक्क छन् वैज्ञानिक
सबै मिली खोज्दैछन् तह लगाउने टेक्निक
कत्रो उन्नती र प्रगतिमा विश्व गर्व गर्थ्यो
खोई त कोरोनोको औषधि पत्ता लगाएको?
चंचल मन चङ्गाझै उडि आकाश छुने रहर
कहिले अन्त्य हुने हो विश्वबाट कोरोनाको कहर
आशा छ मलाई यसबाट निकास पाउने छ विश्वले
खुशी र उमंगसाथ जिउनेछ छौ सारा जगतले।
(प्राञ्जल राज चापागाई गोदावरी आ.मा.बि.,ललितपुरमा कक्षा ५ मा अध्ययरत छन्।)