सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
मेरो घरको छाना मुनि परेवाले गुँड बनाएको थियो। आकाशबाट खसेको पानी, ट्याङ्कीको पानी त्यही चराको गुँडबाट बग्थ्यो। यो देखेर मेरो बाबाले पानी नाजाने गरी गुँड बनाइदिनु भयो। तर परेवा त्यो गुँडमा बसेन। उसले लगातार काम गरेर गुँडलाई ठूलो बनायो।
प्रत्येक पटक पानी आउँदा त्यो गुँड भिज्छ भन्ने डर लाग्थ्यो। परेवाले पानी आउँदा पनि त्यो गुँड छोडेन। उसले फुल पार्यो। उ दिनभर केही नखाई फुललाई पखेटाले छोपेर बस्न थाल्यो। म बेलाबेला ढोकामा गएर हेर्थे। जुनैबेला पनि परेवालाई त्यही गुँडमा बसेको देख्थे।
त्यसको बच्चा हेर्न मलाई आतुर भइसकेको थिए। भगवानसँग प्रार्थना पनि गर्न थाले कि त्यो परेवाले राम्रो सुरक्षा दिएर आफ्ना बच्चालाई यो सुन्दर सृष्टिमा जन्म दियोस्।
तर मेरो सपना पूरा भएन। परेवाले आफ्नो सपना पूरा गर्ने सकेन। उसले फुललाई जति प्रयास गरेपनि बच्चा बनाउन सकेन। निरन्तरको पानी र असिनाले गर्दा उसको धेरै दिनको प्रयास असफल भयो। अन्त्यमा उसले त्यो गुँड छोडेर गयो जहाँ ४ ओटा फुलहरू थिए। त्यो देखेर धेरै नै दुःख लाग्यो।
सबै चराहरूको आ-आफ्नै विषेशता हुन्छ। उनीहरू आफ्नै भाषा र रंगका हुन्छन्। त्यसैले हामीले चरालाई सुरक्षित राख्नु पर्छ। उनीहरूलाई राम्रो व्यवस्था मिलाइदिनुपर्छ जसले गर्दा चराहरूले आफ्नो सन्तानलाई उत्पादन गर्ने पाउँछन्।
सधैं जंगल या अन्य ठाउँमा बसेपछि आफ्नो फुल पार्ने समयमा चराहरू सुरक्षित ठाँउमा बस्न चाहन्छन्।
(ईभा न्यौपाने नेसनल क्रियटिभ स्कुलमा कक्षा पाँचमा अध्ययनरत छिन्।)