सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
ए भविष्य,
परिवारसँग समय नबिताएर सधैं मोबाइल र फोनसँग बिताउने
यसै गरी भुल्ने हो भने जिन्दगी कसरी कटाउनी?
ए भविष्य,
बच्चाहरू भाडाकुटी अनस दौड्ने उफ्रने खेल नखेलेर ल्यापटप र मोबाइल खेल्ने
यसै गरी खेल्ने हो भने शारीरिक फिटनेस कसरी राख्ने?
ए भविष्य,
जती बेला पनि कोठामा ल्यापटप र मोबाइल चलाएर बस्ने
यसै गरी बस्ने हो भने प्रकृतिको हराभरामा कहिले रमाउने?
ए भविष्य,
खेतबारीमा काम नगरि दिनभरी ल्यापटप र मोबाइल हेरेर बस्ने,
यसै गरी बस्ने हो भने अन्नबाली कसरी उब्जाउने?
ए भविष्य,
पढाई लेखाई छाडेर ल्यापटप मोबाइल खेलेर बस्ने,
यसै गरी बस्ने हो भने जिन्दगीमा सफल कसरी हुने?
(प्रेजु नेपाली कक्षा ८ जेम्स स्कुल धापाखेलमा अध्ययनरत छिन्।)