सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
धनी मानिस भनेपछि हामीले त्यो मानिस बुझ्छौँ जुन मानिससँग धेरै धन, गाडी, बंगला आदि हुन्छ। तर साँच्चिकै धनी मानिस भनेको त्यो मानिस हो जसको मन ठूलो हुन्छ। मानिस धनी भएर मात्र हुँदैन ऊ मिहिनेति, सहयोगी, स्वावलम्बी, परोपकारी र मिलनसार हुनुपर्छ।
आफूसँग धन छ भने गरिब मानिसलाई हेप्नु हुँदैन। गरिब मानिससँग धन नभए पनि उनीहरूसँग ठूलो मन हुन सक्छ। यदि हामीले अरूको सम्मान गर्न सक्दैनौँ भने उनीहरूको अपमान गर्नु उचित हुँदैन। सबैको आ-आफ्नो महत्व हुन्छ। हामीसँग भएको धन हामीले आफूसँग मात्र नराखि अरूको सहयोग गर्नुपर्छ। यस्तो गर्दा अरूको सहयोग त हुन्छ नै, अरूको सहयोग गर्नाले हामीलाई नि खुसी लाग्छ।
आफूसँग भएको धनको घमन्ड गर्नु हुँदैन। गरिब मानिस स्वावलम्बी, परोपकारी, मिलनसार, सहयोगी छ भने त्यो मानिस धनी हो किनकी उसँग ठूलो मन हुन्छ। हामीले गरिब मानिसलाई उत्तिकै महत्व दिनुपर्छ जति हामीले धनी मानिसलाई दिन्छौँ।
समाजमा सबैको अस्तित्व हुन्छ। मानिस ठूलो धनले होइन मनले हुन्छ। त्यसैले हामी धनले मात्र होइन मनले पनि धनी हुनुपर्छ र समाजमा कोही पनि मानिस धनी होस् वा गरिब सबैलाई समान व्यवहार गर्नु पर्छ।
(आयुष्मा पाण्डे कालिका मानवज्ञान माध्यमिक विद्यालय, लुम्बिनी प्रदेश, बुटवलमा कक्षा ७ मा अध्ययनरत छिन्।)