सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
कविता
घाम लाग्छ भन्दै हिँड्यो पानी पर्छ एकै छिनमा
वर्ष दिनमा घुमी आएको हाम्रो प्यारो असार महिना
सिमसिम पानी हरियाली चारैतिर कति राम्रो
धान रोप्दै असार १५ मनाउने चलन हाम्रो
मानो रोपी मुरी फलाऔं भन्दै आमाबुबा
हिलो छाप्दै, पानी खेल्दै रमाउँछन् सबैजना
काठमाडौं भीडभाडमा, खेतीबारी देख्न
पाइन मैले कहिल्यै पनि धान रोप्दै रुझ्न
धन्न आउँछ असार १५ फेसबुकभरि फोटो आउँछन्
म जस्ताले असारको महत्त्व त बुझ्न पाउँछन्
धेरै धान फलोस् भन्छु किसानको खेतमा
दिन्छु सबलाई शुभकामना असार १५ मा।
(अमोल खतिवडा काठमाडौं लिंकन स्कुलमा कक्षा ४मा अध्ययनरत छन्।)