सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
कविता:
घरभित्र बस भन्दै आए नेता
कसले बुझिदिने नागरिकको बेय्था?
नेताहरू पैसाको पछि लागे, देशको मतलब छैन
गरीबहरू भोक तिर्खाले मर्न लागे, खान पाएको छैन
आसुँ झर्ने आँखाबाट रगत बग्न थाल्यो
आगलागी र प्रदूषणले देश जल्न थाल्यो
खै त्यो नेताहरूको भाषण?
देश विकास र उन्नतिको लागि लिएको शासन
नेपाल डुबिरहेछ, जोहो छ कुर्सी बाचाउँन
बिघठन गरेको पद पनि पुनरागठन गर्नुपर्यो किन?
सीमा मिचिएको अहिले मात्र थाहा भयो
दशगजामा खै कसले सुरक्षाकर्मी पठायो?
प्रकृतिक स्थल, वन जंगलको विनास मात्रै भा'छ
जति नेता, राष्ट्रपती आएपनि नेपाल तल मात्रै गा'छ
जता हेरे पनि समस्या नै समस्या
खै त नेपाली भई नेपाल आमाको रक्षा?
(रन्जना बास्तोला ब्लूम नेपाल स्कुलमा कक्षा ८ मा अध्ययनरत छिन्।)