हे भानुभक्त ! तपाईँको छ लीला अपरम्पार
एउटा घाँसीले खोलिदियो तपाईँको ज्ञानको द्धार ।
तपाईँले प्राप्त गर्नुभयो शिक्षा संस्कृतमा
जसले सहि विकास गर्यो ज्ञान र सिपमा ।।
निराश भई कहिल्यै पनि बगेनन् आँशुका थोपा
त्यसैले त काराबासमा पनि लेख्नुभयो धेरै कविता ।
जनता कहिल्यै पनि भएनन् तपाईँको बिरुद्ध
त्यसैले त रिहा हुनुभयो भएकैले प्रसिद्ध ।।
राम्रा राम्रा कविता लेखेकाले बढ्यो तपाईँको मान
त्यसैले दिइयो तपाईँलाई आदिकविको सम्मान ।
भएपछि तपाईँको यो संसारबाट भौतिक निधन
धेरै दुख्यो हामी सबै नेपालीको कोमल मन ।
सम्झनामा भानुजयन्ती मनाउने परम्परा
जसले भयो हाम्रो देश साहित्यले हराभरा ।।