सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
कविता:
तनहुँ जिल्ला चुदीँ रम्घा गाउँमा जन्म भयो
नेपालीमा रामायण लेख्दा नाम उनको रह्यो
हजुरबाले दिए उनलाई राम्रोसँग शिक्षा
घाँसीबाट प्रेरणा पाई लिए उनले दीक्षा
संस्कृतको ज्ञानलाई उनले नेपालीमा ढाले
नेपालीमै लेखी किताब प्रचार गर्न थाले
महत्त्व बुझ्न थाले सबले भाषा नेपालीको
रामयण पढ्दै गुनगुनाई गरे सबले सिको
रामायण ठूलो कृति अरू थुप्रै छन् नि
प्रश्नोत्तर, रामगीता ,भक्तमाला हुन् नि
बधुशिक्षा, बालकाण्ड कविता छन् धेरै
भन्छन् भाषा नेपाली हो आजकल सबले मेरै
भाषाभाषी समूहलाई गोलबन्दमा ढालि
झण्डा मुनि ल्याए सबलाई भाषा एउटै गाली
भाषा अनि साहित्यमा चम्के जस्तै रवि
भानुभक्त आफ्नै कामले भए आदिकवि
कवितामा सरलता भाव खुल्न थाल्यो
नेपालीपन झल्किएर अघि बढ्न थाल्यो
नेपाली यो समाज भित्र पस्के कृति राम्रा
भानुभक्त गहना हुन् साहित्यका हाम्रा।
(आरूषी पौडेल दि एक्सेल्सियर स्कुल, स्वयम्भू काठमाडौंमा कक्षा ७ मा अध्ययनरत छिन्।)