सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
कविता:
हे! भानु तिमी फेरि फर्केर आऊ
यो देशको भाषा विश्वमा चम्काऊ
आफ्नै पखेरामा नेपालीलाई जिउन सिकाऊ
हे! भानुभक्त तिमी फेरि फर्केर आऊ।
नेपाली भाषा लोप भइसक्यो यो देशमा
हे! भानु नेपालीलाई सदबुद्धि देऊ
आफ्नो देश र भाषालाई माया गर्न सिकाऊ
हे! भानुभक्त तिमी फेरि फर्केर आऊ।
रोदी र डिस्कोमा मात्र नाच्ने हैन
रामयणका स्लोक पनि गाउन सिकाऊ
नेपली भाषाको महत्व सबैलाई बुझाऊ
हे! भानुभक्त तिमी फेरि फर्केर आऊ।
राष्ट्रभाषा र आमा भगवान हुन
यो कुरा सबै नेपालीलाई बुझाऊ
नेपाली भाषाको महत्व सबैलाई बुझाऊ
हे! भानुभक्त तिमी फेरि फर्केर आऊ।
(आरध्या पौडेल श्री विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालय, काठमाडौँमा कक्षा ४ मा अध्ययनरत छिन्।)