सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
कविता:
गुरू नै हुन् ज्ञानको एकदम ठूलो सागर
बाल्यकालबाट गर्छन् उनले हाम्रो भविष्य साभार
खेल्नकुद्नदेखि लेखपढ़मा मद्धत गर्छन्
अरूले जति अपमान गरे नि सहि नै रहन्छन्।
सहि गलत छुट्याउने क्षमता दिन्छन् गुरूले
आफ्नो कर्तव्य पूरा गर्छन् जे भनुन् अरूले
स्नेह गर्छन् उनले जनकजननी सरहको
पूरा गर्न मद्धत गर्छन् आफूले गरेको रहरको।
बाँच्न सिकाउँछन् उनले जन्मदेखि मरणसम्म
काम लाग्छ उनले दिएको दीक्षा जन्मजन्म
हाम्रो जीवनमा उनको शिक्षाले भरी दिन्छ रंग
उनले भनेको कुरा नमाने हुन्छ जीवन निकै फुंग।
भेदभाव कहिल्यै गर्नु हुन्न भन्छन् उनले सदैव
सबै गुरू भगवान् समान नै रहन्छन् सदैव
उनले गर्छन् सबैका हितका लागि कर्म
शिक्षादीक्षा दिने नै हो उनको परम धर्म।
(प्रतिक भण्डारी बूढानीकण्ठ स्कुलमा कक्षा ७ मा अध्ययनरत छिन्।)