सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
कविता:
यस नदीबाट हुन्छ धेरै काम
बुढी गण्डकी हो यस नदीको नाम
विश्वले नै चिनेको छ है यो नदीको नाम
धादिङ जिल्ला, गोरखा जिल्ला छुट्टाउने यसको काम
शीर हो यस नदीको मनास्लु हिमाल
बग्ने गर्छ यो नदी हिमालदेखि पहाड
गण्डकीको छेउछाउमा हरियाली भरेको
खाने पानी, खेतीपाती यसले सबलाई राम्रो गरेको
हिमालदेखि पहाडका कुना-काप्चा हिँड्छ
जाँदा जादै तल गई त्रिशुलीमा मिल्छ
शक्तिशालि क्षमता छ सबैतिर छर्ने
यसैबाट हुँदै छ काम बिजुलि बत्ति निकाल्ने।
(बिजय लामिछाने तरुण मा.वि. को कक्षा ९ मा अध्ययन छन्। गोरखा घर भएका उनी हाल काठमाडौँँमा बस्छन्।)