सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
नमस्कार, सबैजनालाई। म हिमेश थापा। म कक्षा ५ मा पढ्ने विद्यार्थी हुँ। मलाई भ्रमण जान र भ्रमणका रमाइला क्षणहरू सुन्न र सुनाउन ज्यादै मन पर्छ। त्यसैले आज म पनि आफ्नो एउटा रमाइलो यात्रा यहाँहरूलाई सुनाउन चाहन्छु।
हालसालैको कुरा हो, लकडाउनले गर्दा हामी लगायत सबैजना घरमा नै थियौ। यहि समयमा एक दिने हाइकिङ जाने हाम्रो परिवारको निर्णय भयो। यहि समयमा सामाजिक दुरी, स्यानिटाइजर र मास्क प्रयोग गरी हामी चारैजना हाम्रो घरबाट मात्र देख्दा नजिक तर हिँड्दा एक दिन लाग्ने यात्रा भने शनिबार बिहान मात्र सुरू ग–यौ।
गैडाकोट १२, हर्कपुरबाट उत्तर दिशामा रहेको ऐतिहासिक क्षेत्र पहाडको चुचुरोमा अवस्थित रहेको छ। यो मुकुन्दसेन दरबारको नामले चिनिन्छ। यो दरवार पाल्पाका राजा मुकुन्दसेनले आफ्नो दुस्मनहरू माथि सधैं नजर राख्ने किल्लाको रूपमा प्रयोग गरेको पाइन्छ।
हामीलाई यो इतिहास हेर्ने चाहनाअनुसार शुक्रबार साँझ हाम्रो बिहानको खाजा, नास्ताको तयारी भयो। यसैअनुसार हामी चारैजना बिहान छ बजे आ–आफ्नो झोला बोकी हिँड्यौं। बाटोमा मर्निङ वाकको समय भएकाले प्रसस्तै हिँड्ने मानिसहरू भेटिनू भयो। जसले हामीलाई हिँड्ने उर्जा मिल्यो।
यही क्रममा मलाई दिदीले समाएर त कहिले ममी-बाबाले हिँड्न सिकाउँदै उकालो हिँडाउनु भयो। बाटोमा म कहिले बस्दै, कहिले ठूलो ढुंगामा सुत्दै त कुनै-कुनै ठाउँमा हामी चारैजना खाजा खाँदै हाम्रो बाटो छोटो बनायौं। मलाई भने हाइकिङ भनेको त खुट्टा दुख्ने गरी हिँडनु रहेछ भन्ने भयो। धेरै संघर्ष पछि हामी हाम्रो गन्तव्यमा पुग्यौ।
यस ठाउँबाट फेरी दक्षीणतर्फ हेर्दा भने हाम्रो घर, नारायणी नदी, चितवनका केही भागहरू र नवलपुरको आधा भागको सुन्दरताले मनमोहक बनायो। जसले गर्दा मेरो लगायत सबैको भोक र तीर्खा पनि मेटियो। उत्तरतर्फ भने कालीगण्डकी नदी, तनहुँका रमणीय प्राकृतिक छटाहरूले भरीपूर्ण थिए जसले मनलाई आनन्द त दिन्थे नै।
हाम्रो थकाई, भोक, तिर्खा र नयाँपनले खुस्बु पनि दिई नै रहेका थिए। यहाँको केही घण्टाको आराम, खाजा र हाम्रो बिहानको खानाको मजा भने अरू समयकोभन्दा फरक महसुस भइरहेको अनुभूति भइरहेको थियो।
जब हामी घर फर्किने तयारी गर्दै थियौं त्यही समय बाटोमा रहेका विभिन्न जातका विरूवा, रूख, चरा र प्राकृतिक छटाहरूको अनुपम रस्वादन गर्दै पुःन ओरालो यात्रा सुरू ग–यौ। कम्तिमा २ घण्टाभन्दा धेरै ओरालो हिँडेपछि मात्र हामी बेसि पुग्यौ। यहाँ रहेको भोटे खोलामा पौडी नखेलि मलाई चित्तै बुझेन जसको लागि बाबाले पूर्ण सहयोग गर्नुभयो।
यहाँ १ घण्टा जति पौडिको मजा लिएपछि हामी सबै घर फर्कियौं। एक दिने हाइकिङ मेरा लागि साह्रै कष्टकर भयो।
(हिमेश थापा लिटल फ्लावर स्कुल नारायणगढ, चितवनमा कक्षा ५ मा अध्ययनरत छन्।)