सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
कविता:
वरिपरि हरियाली
फूल फूलेको
रंगीचंगी फूलसँग
मन भुलेको।
फूलजस्तै फक्रिएर
सुवास छर्नु छ
देशकै असल छोरा बन्न
कर्म गर्नु छ।
फूल हामी हौं भने
यो देश बगैँचा
बगैँचाका साना-साना,
हामी कोपिला।
फलीफूली ठूलो भई
देश बनाउनु छ
यो देशलाई एउटा सुन्दर
फूल बनाउनु छ।
(समर्पण खरेल सुर्योदय सेकेन्डरी बोर्डिङ स्कुल, डिल्लीबजार काठमाडौँमा कक्षा २ मा अध्ययनरत छन्।)