सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
असार महिनामा मैले मनु र मह कथा पढेँ।
मनुलाई मह धेरै मन पर्छ। घरमा मह छैन। ऊ मह किन्न बजार गयो। बजार टाढा थियो। बाटो उकालो र ओरालो थियो। बाटामा सानो नदी थियो। पुल पनि थियो।
मनु बजार पुग्यो। बजारमा त चौबाटो आयो। बाटामा रातो र हरियो बत्ती थिए। मनु पसलमा गयो। उसले मह किन्यो र मजासँग खायो।
किताबको लिंक: मनुको मह
(आशुतोष काफ्ले डियरवाक सिफल स्कुलमा कक्षा १ मा अध्ययनरत छन्।)