सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
कविता:
ए चरी! कता जान्छ्यौ?
उडीउडी माथि
उड्न मन लाग्यो मलाई
तिमीसँगै साथी।
गीत गाउँछौ तिमी
चिर्बिर-चिर्बिर गरी
सुन्न मन लाग्छ गीत
त्यही घरिघरि।
घर आफ्नो आफैँ
बनाउने कति सिपालु
प्रकृतिको सुन्दर रचना
तिमी साह्रै मायालु।
(आयान राई डियरवाक सिफल स्कुलमा कक्षा ३ मा अध्ययनरत छिन्।)