सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
कविता:
कोरोना यो किन सबैलाई दुःखमा
ल्याई डुबाइदियो।
सबको मनमा दुःख कष्ट
राखी उदासी फैलाइदियो।
सबको मुखमा कपडा लगाई
बाध्य सबलाई पारिदियो।
को हाँस्यो त्यो कपडाभित्र
के जानूँ के अब म।
आँखामा आँसु टप्काई
सबैलाई यसले रूवाइदियो।
कोरोना किन ल्याइदियौ
सबैको मनमा त्रास।
कोरोना किन आयौ तिमी
यहाँ सबलाई दुःख दिन।
के गर्न सक्छौँ हामी सबै
अब यस्तो अवस्थामा।
घरभित्र बसौँ सबै
बाहिर नजाऔँ अब सबै।
ए कोरोना! तिमी अब
नआऔँ हामीलाई छुनछुन।
(ईशीता लाल डियरवाक सिफल स्कुलमा कक्षा ६ मा अध्ययनरत छिन्।)