सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
कविता:
पाइला सबैभन्दा
अघि सार्नु छ
अनगिन्ती अप्ठयाराहरू
पछि पार्नु छ
वर्तमानको खुड्किला,
पार गर्नु छ,
भोलिको बाटोमा
मज्जाले हिँड्नु छ
समाजमा उच्च
नाम कमाउनु छ
हरेकको नजरमा
एउटा छवि बनाउनु छ
रहर, चाहना र प्रगतिको
गन्तव्यमा पुग्नु छ
पाईला अघि सार्दै
भविष्यमा केहि गर्नु छ
धेरै होइन थोरै
हारे पनि जीत पुरा गर्नु छ
मरीमरी मिहिनेतले
एउटा सपना पुरा गर्नु छ।
(सिमरन साह कक्षा ९ मा अध्ययनरत छिन्।)