सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
कविता:
सम्झिदैछु ती रमाइला दिनहरू
प्यारी आमासँग बिताएका पलहरू
साथीसंगीसँगको नोकझोकहरू
भाइबहिनीसँगको हँसिला क्षणहरू
दशैँमा लगाएको रातो टीका र जमरा
तिहारमा लगाइने सप्तरंगी र मखमली माला
होलीमा खेलिने विभिन्न रंगहरूको फोहोरा
परदेशीको मनमा कैद छन् ती सपना
पैसा कमाएर खुसी किन्ने सपना बोकेको मैले
धन भन्दा परिवार नै ठूलो रहेछ बुझेको छु अहिले
अर्काको देशमा दासी भएर बस्नु भन्दा
आफ्नै देशमा एक छाक खाएर आनन्दले बस्दा
मन आनन्द परिवार साथ रहँदा हुँदा रहेछ
मन सुख परिवार खुशी हुँदा हुँदो रहेछ
विदेशीनुभन्दा स्वादेशमै रमाइलो हुँदो रहेछ
अरूको देशमा पसिना बगाउँनुको सट्टा आफ्नै देश सिंगार्नु रहेछ।
(विमला दाहाल ब्लुम नेपाल स्कुलमा कक्षा ८ मा अध्ययनरत छिन्।)