सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
कविता:
राम्रो मान्छे देशमा एउटा खोज्न सकिएन
त्यही भएर देशको भाग्य लेख्न सकिएन
पछौटेपन गरिबीले मात्र गाजिरह्यो
ए युवा हो! उठौं अब जाग्ने बेला भयो
तन्त्र धेरै फेरिए नि केही भएन देशमा
कस्ता देश पुगे कहाँ हामी छौ उही भेषमा
कुरा हामी ठूला गर्छौ काम गर्दैनौं कहिले
त्यही भएर देशको हालत यस्तो भा हो अहिले
पुरातन छ सोच हाम्रो मानसिकता सानो
यस्तै चालले यो देशको कहिले फेर्ने छानो?
ढिलो भयो जाग्नु पर्छ अब मेची-काली
साचो देशको समाउ युवा पुरानालाई फाली
बेथिति र अरजकता सबलाई तोड्नु पर्छ
नयाँ सोच अघि बढाई विकास गर्नु पर्छ
मुठ्ठीभरका माखे साङ्ला तोडौं सबै मिली
विकास गरी यो देशलाई पारौं झिलिमिलि।
(आरूषी पौडेल दि एक्सेल्सियर स्कुल, स्वयम्भू काठमाडौंमा कक्षा ७ मा अध्ययनरत छिन्।)