सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
कविता:
आऊ हामी सबै मिली फोहोर मैला हटाऊ
हाम्रो देश नेपाललाई स्वर्गसरी बनाऊ
बालक, युवा, बृद्ध सबै लागौं अभियानमा
यही हो नारा सभ्य बन्ने आजको आवहनमा
जथाभावी फोहोर फाल्दा दुर्गन्धले सताउँछ
विभिन्न रोग लागि अकालमै ज्यान जान्छ
घर, आँगन, चोक, गल्ली राखौँ साफा सुघ्घर
काठमाडौं शहरलाई बनाऊ स्वच्छ सफा हराभरा
बाटो, पेटी, सडकमा फोहोर कहिल्यै नफालौँ
घर, पसलको मैला जति एकै ठाँउमा थुपारौँ
कागजका टुक्रा अनि फलफूलका बोक्राहरू जतासुकै नफालौँ
एकै ठाउँमा राखि, स्वर्गसरी नयाँ नेपाल बनाऔं।
(बिजय लामिछाने तरुण मा.वि, कक्षा ९ मा अध्ययनरत छन्। गोरखा घर भएका उनी हाल काठमाडौंमा बसोबास गर्छन्।)