सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
कविता:
रूख, वृक्ष, ताल, नदी र वरिपरिको प्रकृति
यो हो हाम्रो वातावरण, सुन्दर आकृती
स्वर्गजस्तो सुन्दर छ वातावरण वरिपरि
यो सुन्दर वातावरणलाई हेर्न मन लाग्छ घरिघरि।
बाहिर गई हेर्न हुन्थ्यो तर जान हुन्न कोरोनाको बेला
वातावरण रिसाउन सक्छिन् गर्न हुन्न यसलाई हेला
वातावरण रिसाइन् भने उठ्न सक्छ समुद्र
अस्ति यिनी रिसाएर मेलम्चीको पानी उठ्यो
भयो साह्रै उग्र।
लोभी भई मानिस हामी जलाइदिन्छौं वातावरण
हामी व्यवहार देखाउँदैछौ जस्तै हामी दुष्ट रावण
गाँउ-घर त हरियो हुन्थ्यो त्यो पनि बाँकी छैन
वातावरण विनाश भइरहेकाे छ, सम्झाैं यिनलाई हामी रावण हैन।
हातमा हात राखी सफा गरौं छेउछाऊ
माया लागिहाल्छ आखिर हो आफनै घर गाँउ
हरिया डाडाकाडा,स्वच्छ सफा बग्ने नदी
जोगाइ राखोँ हाम्रो वातावरण, हाम्रो सफा प्रकृति।
(क्रसोता खनाल पाठशाला नेपाल फाउन्डेसन, ललितपुरमा कक्षा सातमा अध्ययनरत छिन्।)