सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
कविता:
आओस् जोसुकै तयार म पराजित गर्न त्यसलाई
छाड्दिन म हेर्ने कुदृष्टिले मेरो यो प्रिय देशलाई
असिना अओस् तूफान अओस् तर पनि डट्ने हामी सब
हर्षले जाने छु स्वर्गमा म त्याग्नु परोस् आफ्नो देह जब।
मृत्यु पनि स्विकार्नेछु हाँसी-हाँसी आफ्नो देशको लागि
भष्म गर्नेछु कुटिल व्यक्तिलाई म सम्पूर्ण जगतकै लागि
स्वाभिमान मेरो अटल अमर सक्दैन यसलाई तोड्न नि
देशको लागि भए म जित्छु कुरूक्षेत्रको युद्ध नि।
नीति-नियम, काइदा, कानून सबैलाई म पालन गर्छु
दिशको हितका लागि भए म आफ्नो देह नि त्याग्छु
देह मेटियोस् तर पनि हुन्छ मेरो आत्मा अमर सधैं
शव मेरो जलोस् नेपाली हुनुमा गौरव गर्दै।
पन्छी बनेर उडुँ म गगन मेरो देश हो
देशको रक्षा गर्न नसकेँ मरी जानु नै बेस हो
मादल ढोलकीको तालमा मेरो प्राण बसिरहोस्
ज्वाला अग्निको रूपमा मेरो वदन जलिरहोस्।
(प्रतिक भण्डारी बूढानीलकण्ठ स्कुलमा कक्षा ७ मा अध्ययनरत छन्।)