सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
कविता:
देख्दा सानी सानी कति साह्रै ज्ञानी
घर-परिवार सबैकी आँखाकी नानी
हेर्दा हेर्दै हाँस्दा-हाँस्दै रमाइलोले भर्छे
च्याँ-च्याँ चुँ-चुँ गरी मलाई माया गर्छे
मेरी सानी बहिनी मुसुमुसु हाँस्छे
गीत मैले गाउँछु बिस्तारै ऊ नाच्छे
दादा-दादा भन्छे दिदी पनि भन्छे
बाबा-बाबा भन्छे मामा पनि भन्छे
साथी उसका खेलौंना खेलमा उसको रूची
मलाई देखेपछि हुन्छे धेरै-धेरै खुसी
काम कुरा सिक्ने बेला राम्रा अनि नराम्रा
आदर सम्मान सब सिकाउँछु मैले काम राम्रा
मलाई मेरी बहिनीको धेरै माया लाग्छ
बहिनीलाई देखेपछि सबै दु:ख भाग्छ।
(संविद ढकाल डियरवाक सिफल स्कुलमा अध्ययनरत छन्।)