सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
विश्व मानचित्रमा नेपाल सानो थोपा जस्तो देखिन्छ। नेपालले विश्वमा ०.०३ प्रतिशत भू-भाग ओगटेको छ भने एसियाको ०.३ प्रतिशत ओगटेको छ।
भौगोलिक रूपमा नेपाल सानो छ तर जैविक विविधताले भरिएको छ। प्राकृतिक हिसाबले नेपाललाई हिमाल-पहाड-तराई गरि तीन भागमा विभाजन गरिएको छ। यहाँको भूगोल झापाको केचनाकलदेखि विश्वको सर्वोच्च शिखर सगरमाथासम्म फैलिएको छ। उचाईमा भएको विविधताले नै हिमाल, पहाड र तराइको हावा-पानी वनस्पति र मानवीय जीवन शैलीमा फरकपन देखिन्छ।
नेपालमा विश्वका सबै ठाउँमा पाइने हावा-पानी छ। सुन्दर प्रकृति र अनुकुल हावा-पानीको कारण नेपालमा धेरै देशका पर्यटक घुम्न आउछन्। धेरै जातजाति ,भाषाभाषी र धर्मावलम्वीहरू बसोबास गर्छन्। सबै समुदाय एकापसमा मिलेर बसेका छन्। विभीन्न सम्प्रदायबीचको सहिष्णुता विश्वको लागि उदाहरणीय र अनुकरणीय छ।
नेपालमा विभीन्न धार्मिक,सांस्कृतिक र प्राकृतिक सम्पदाहरू छन् जसले नेपाललाई विश्वसामु चिनाएको छ। नेपालमा पाइने एक सिंगे गैँडा र काँडे भ्याकुर पनि यहाँका पहिचान हुन् जुन विश्वका अरू देशमा पाइदैनन्।
नेपाल एक पुण्य भूमी हो जहाँ राजा जनक, राम-सिता, बुद्ध लगायत धरै महान आत्माको जन्म भएको थियो। उहाँहरूले देखाएको असल बाटो सम्पूर्ण नेपालीले अबलम्बन गरिरहेकाले नै विश्वमा नेपाल शान्ति भूमिको रूपमा परिचित छ। नेपाल एक स्वतन्त्र र सार्वभौम सत्ता सम्पन्न मुलुक हो।
भक्ति थापा, बलभद्र कुँवर, अम्मरसिंह थापा जस्ता धेरै वीर पुर्खा र महान शहिदहरूको तपस्या र त्यागको कारण आज हामी विश्वसामु उचो शिर बनाई बाँच्न सकेका छौँ। तसर्थ, शहिदले देखाएको बाटो हिँड्नु सबै नेपालीको कर्तव्य हो। नेपाल हाम्रो मातृभूमि स्वर्गभूमि हो। यहाँ हामी सबै मिलेर बस्नु पर्छ। वीर पुर्खा र शहिदहरूले देखाएको बाटो हिँड्दै देशलाई विकसित र समुन्नत बनाउनु सबै नेपालीको कर्तव्य हो।
मेरो जन्मभूमि स्वर्गभन्दा प्यारो छ।
(माधवी पौडेल धौलागिरी बोर्डिङ स्कुल, पोखरामा कक्षा तीनमा अध्ययनरत छिन्।)