सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
कविता:
वर्षातको समय छ
पर्यो धेरै झरी
बढे होलान् खोलानाला
वारी अनि पारी।
ठिक्क मात्र पानी पर्दा
बालीनाली राम्रो
कृषिप्रधान मुलुक भनी
चिनिने देश हाम्रो।
पानी धेरै पर्दा खेरि
हिँडडुल गर्न गाह्रो
त्यसैमाथि जंगल मास्दा
आपत पर्यो साह्रो।
(प्रत्युष लोहनी डियरवाक सिफल स्कुलमा कक्षा ३ मा अध्ययनरत छन्।)