सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
मेरो नाम आरभी सिग्देल हो। म जेम्स स्कुलमा कक्षा २ मा पढ्छु। मैले स्कुलका किताबबाहेक धेरै कथाका किताब पढेको छु।
म कहिलेकाहीँ कार्टुन पनि हेर्छु। ति किताब, कार्टुन र मेरो मामुबाबाको कुरा सुन्दा पहिले पहिले रूखविरूवा र हरियाली धेरै थियो रे। पानी पनि सफा र धेरै थियो। मानिसहरू पनि थोरै थिए। कलकारखानाहरू पनि धेरै थिएनन।
अहिले मानिसहरू धेरै भए। उनीहरूले घर, कलकारखाना बनाउन धेरै रूखविरूवा काटिरहेका छन्। जथाभावी फोहोर फालिरहेका छन्। त्यसैले संसारभर पानी कम हुँदै गएको छ। धुलो-धुँवा बढिरहेको छ। हामीले सास फेर्ने अक्सिजन पनि कम भएको छ।
हाम्रो वरपरको वातावरण पनि फाहोर हुँदै गएको छ। नँया-नयाँ रोग देखिन थालेका छन्। अहिले संसारभर कोरोना पनि फैलिरहेको छ। यहि रोगले धेरै मानिस मरिरहेका छन्। यो सबै कुरा राखेर मैले एउटा चित्र बनाएको छु। हजुरहरू सबैजना हेर्नुस है!
हामी सबै मिलेर वातावरण सफा राखौं। जथाभावी फाहोर नगरौं है त?
(आरभी सिग्देल जेम्स स्कुलमा कक्षा २ मा अध्ययनरत छिन्।)