सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
कविता:
जन्म दिने मलाई प्यारी आमा मेरी
मेरो लागि माया उनको मन भरी
म रूँदा आफू पनि रूने
मैले राम्रो गर्दा धेरै खुसी हुने
सबैभन्दा धेरै माया आमाको लाग्छ
उनी नजिक हुँदा डर मेरो भाग्छ
मेरो लागि आमा चम्किली तारा
गर्छिन् मलाई माया भूलेर संसार सारा
मलाई माया गर्ने मेरी प्यारी आमा
मलाई खुसी राख्ने मेरी प्यारी आमा
मलाई कोखमा राख्ने मेरी प्यरी आमा
संसारलाई भुल्छु पाउँदा तिम्रो माया।
(रामकृष्ण न्यौपाने सृजनशिल सेकेण्डरी इङ्लिस स्कुलमा कक्षा ४ मा अध्ययनरत छन्।)