सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
कविता:
साना-ठूला सबै हामी खान्छौं मीठो मानि
संस्कृतमा जल भन्छन् नेपालीमा पानी
पानी हो सर्वश्रेष्ठ सबैको तिर्खा मेटाउने
तिर्खा मात्र मेटाउन्न यसले सर्वप्राणीको ज्यान बचाउने
दुई अक्षरको नाम सानो तर ठूलो यसको काम
सर्वप्राणी सबै मर्छन् नपाउँदा खान
प्रकृतिको सुन्दर वरदान सबैलाई चाहिने
नदी, कुवा, इनार सबैतिर पाइने
बग्दछ पानी खोलामा अनेकौँ ठाउँमा पुगेर
मेटाउँछ प्यास तिर्खाको जो बसेको हुन्छ कुरेर
सर्वप्राणी, बोटविरूवा सबैलाई पनि
महत्व छ पिउँनलाई पानी
दुषित नगरौँ सबैले पानी पिउनु छ हामीले
यो स्वच्छ पानीसँग जिन्दगी बिताउनु छ हामीले।
(बिजय लामिछाने तरुण मा. वि काे कक्षा ९ मा अध्ययनरत छन्। गाेरखा घर भएका उनी हाल काठमाडौंमा बस्छन्।)