सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
कविता:
बाबाआमा संसारका सबैभन्दा ठूला
उनीहरू खुशी भए बल्छन् हाम्रा चूला
मातापिता रूवाउने काम नगरौं है कत्ति
सेवा गरौं जिन्दगीमा हामीले सक्ने जति
हाम्रै खुशीभित्र लुक्छ उनीहरूको हाँसो
जोगाएर राख्नुपर्छ प्रतिष्ठाको नासो
ज्ञानका भण्डार उनीहरू गंगाजस्तै मन
सकेसम्म बाड्छन रित्याई आफ्नो तनमन
आफ्नो खुशी लुटाएर हाँस्छन् बाबाआमा
त्यही भएर लेखे मैले पंक्ति यति लामा
सम्मान गरी पिताबाट आशिष जसले लिन्छ
ईश्वरले नि सधैं साथ त्यही व्यक्तिलाई दिन्छ
हेला गरे बाआमालाई धर्ती डगमगाउँछ
सम्मान गरे उनीहरूलाई संसार जगमगाउँछ
वृद्ध-वृद्धा प्रति सम्मान गर्न सिक्नुपर्छ
साहाराबिहिन हुने दृश्य अब रोक्नुपर्छ।
(आरूषी पौडेल दि एक्सेल्सियर स्कुल, स्वयम्भू काठमाडौंमा कक्षा ७ मा अध्ययनरत छिन्।)