सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
कविता:
हिमाल, ताल, कुवा अनि झरना
नदी र सागर हुन् पानीका मुहान
हुँदैन पानीको कुनै रंग र आकार
न हुन्छ कुनै स्वाद र विचार
खाना पकाउन पानी, तिर्खा मेट्न पानी
नुहाउन पानी अनि कपडा धुन पनि पानी
न मानिस, पंक्षी, न त रूख जनावर
बिना पानी सक्दैन कोही जिउन हेर
हुन्थ्यो र बिना पानी यो पृथ्वीमा कुनै जीवन?
त्यसैले साथी गरौं हामी सबै मिली पानीको संरक्षण।
(आराधना पराजुली सेन्ट जेभियर्स स्कुलमा कक्षा ५ मा अध्ययनरत छिन्।)