सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
कविता:
आमा हुन् दिव्य जगतको सृष्टि अनि सुन्दर
आमाको विकल्प छैन जगमा अर्को कुनै अन्तर
आमा हुन् धरती फोहर गरे पनि रिसाउनन् कहिले पनि
आफ्नै सन्ततिको भलो र हेरचाह चिन्ता छ जहीले पनि
आमा नभए सुन्य हुन्छ जगत यो उज्यालो हुन्न कतै
आमा हुन् सृष्टि थाम्ने जगतको आमा छिन् जताततै
लाखौं कमाई भए पनि त्यो ऋण तिरेर सकिन्न है
आमाको महिमा लेखेर कविता म कहिल्यै थाक्दिन है
सृष्टिको मुल हुन् हराभरा पार्ने यो सारा संसारमा
आमा नभए सकिन्छ क्षणभरमा हुनेछौ अध्यारोमा
आमाको जस्तो कोमल र रसिलो मन हुन्न कतै पनि
सानो ठक्कर लागे आमा आउँछ मुखमा आमा छन् जतापनि
घर धान्ने, संस्कार,रीतिथिति धानेर राख्ने उनी
सारा दुःख पीरलाप सब कुरा सहेर बस्ने उनी
एकहोस् वा दश हुन सबै सन्तति एउटै छ हेर्ने नजर
छैन कुनै फरक एकै छ व्यवहार एक होस् कि लाखौं हजार
मेलापात, जता गएपनि हरघडी चिन्ता छ सन्तानको
सन्तानको प्राप्तिमै छ तनमन चाहन्न कुनै मानको
मीठो पाक्छ भने नि उनलाई चिन्ता छ सन्तानको
ढोका खुला छ सबै क्षणभरी उदार छन् है मनको।
(सम्भाव्य पाण्डे डियरवाक सिफल स्कुलमा कक्षा ४ अध्ययनरत छन्।)