सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
घर बस्दा-बस्दा मन दिक्क हुन्छ। केही समय स्कुल खुल्यो मन धेरै खुसी भएको थियो। फेरी कोरोनाका कारण स्कुल बन्द भयो।
स्कुल बन्दा हुँदा साथीभाइलाई धेरै मिस गरेको छु।
स्कुलको साह्रै याद आउँछ। म्यामहरुलाई खुब मिस गरेको छु। स्कुल बसको ड्राइभर अंकल अनि स्कुल भ्यानमा मसँगै जाने-आउने साथीलाइ पनि निकै मिस गरेको छु।
असोजको एक गतेबाट स्कुल फेरी खुल्छन् भन्नु भएको छ म्यामले। स्कुल जान पाउने खबरले खुसी भएको छु। मलाई घरमा भन्दा स्कुल गएर पढ्दा निकै खुसी लाग्छ। साथीभाइसँग एकैठाउँ क्यान्टिनमा बसेर खान पाउँदाको खुसी बेग्लै हुन्छ। अनलाइनमा पढ्दा पनि रमाइलै हुन्छ तर स्कुलमा गएर पढेको जस्तो हुँदैन।
अब बिस्तारै कोरोना हराउँदै जान्छ, हामी पहिलेजस्तै फेरी स्कुल भ्यान चढेर स्कुल जान्छौँ। स्कुलमा खेल्छौँ, साथीभाइसँगै हुन्छौँ। सर-म्यामहरूसँगै भएर पढ्छौ। क्यान्टिनमा फेरी पहिलेजस्तै सबैजना साथीभाइ जम्मा भएर खाना खान्छौँ।
(प्रत्युष काफ्ले डिएभी स्कुल जावलाखेल, ललितपुरमा कक्षा तीनमा अध्ययनरत छन्।)