सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
कविता:
मेरो मनको ढुकढुकीलाई नजिकबाट सुन्ने
मन्दिर छ एउटा ममताको मैले सधैँ पुज्ने
उकुसमुकुस यो मनभित्रका लुप्त भावना
आमारूपी ईश्वरलाई छिट्टै भेट्ने छ चाहना।
थाहा पाउँदैछु आमा अचेल धेरै कुरा
पूरा गर्नुछ अब देखेका सबै सपना अधूरा
खुला हावामा पनि निस्सासिएको हुन्छु
तिम्रै यादले होला सधैँ निराश देखिन्छु
झलझली आउँछ तिम्रो मुहार सधैँ आँखामा
तिम्ले मायाले सुताएको आफ्नो स्वर्गीय काखमा
हरपल तिमी आउने दिन गन्दै बसिरहेछु
तिमीलाई देख्नकै निम्ति आजसम्म बाँचिरहेछु।
(प्रकृति बडाल बृहस्पति विद्यासदन, नक्साल काठमाडौँमा अध्ययनरत छिन्।)