सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
कविता:
जताततै उड्ने गर्छन् रंगीचंगी चरा
चराले नै सुन्दर संसार हुन्छ हराभरा
चराको त्यो रूप हेर्दा अनौठोपन जाग्ने
चराजस्तै हामीलाई नि उड्न मन लाग्ने।
चराले चिठी पुर्याउँदा अनौठौ पो लाग्ने
चरा उड्दा आफ्नो पनि अल्छीपन भाग्ने
चरालाई सधैँभरि मैले माया गर्छु
चरालाई यताउता चारो पनि छर्छु।
किन मार्छन् मानिसले प्यारो चरालाई?
कारबाही गर्नुपर्छ चरा मार्नेलाई
चराहरू यस धर्तीका धेरै ठूला सान
गर्नुपर्छ चरालाई माया र सम्मान।
(संविद ढकाल डियरवाक सिफल स्कुलमा कक्षा ४ मा अध्ययनरत छन्।)