सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
मलाई फूलहरू मन पर्छ। गुलाफ, गोदावरी, लालुपाते, कमल, सूर्यमुखी, सयपत्री, आदि मलाई मन पर्ने फूलहरू हुन्। फूलहरूले हामीलाई मिठो बासना दिन्छन्। फूलहरूले गर्दा वातावरण स्वच्छ र रमाइलो हुन्छ।
फूलहरू पूजामा पनि प्रयोग गरिन्छ। हामीले फूलको माला लगाउछौं। तिहारमा त झन् फूलको धेरै महत्तवपूर्ण हुन्छ। हामीले फूलको गुच्छा पनि बनाउन सक्छौं। हामीले फूल कानमा पनि राख्छौं। फूलहरू विभिन्न किसिमका हुन्छन्। विभिन्न रंगका हुन्छन्। फूलहरूलाई वरिपरि रोप्यो भने ठाउँ निकै राम्रो देखिन्छ।
हाम्रो राष्ट्रिय फूल लालीगुराँस हो। हामीले फूलहरू रोपेर बेलाबेलामा पानी हालिदिनुपर्छ। हामीले सूर्यमुखी फूलबाट तेल निकाल्न सकिन्छ। फूलहरूले घाम र पानीको सहयोगले आफ्नो खाना बनाउने गर्छन्। फूलले जराबाट पानी र खनिज लिन्छन्। हामीले यी फूलहरूलाई टिप्ने र च्यात्ने गर्नु हुँदैन।
फूल बन्नु अगाडि कोपिला लाग्छन्। कुनै कुनै फूल पानीमा पनि उम्रिने गर्छन्। जस्तै कमल। म हिजो मात्र बाबाको अफिसमा गएको थिए। वृन्दावन वनस्पति उद्यानमा धेरै खालका फूलहरु देखेँ। त्यसैले मलाई फूलबारे लेख्न मन लाग्यो। तपाईहरू पनि फूललाई धेरै माया गर्नुस् ल!
(रुबस पराजुली जि एस निकेतन माध्यामिक विद्यालय, हेटौंडा मकवानपुरमा कक्षा ३ मा अध्ययनरत छिन्।)