सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
अंग्रेजी नयाँ वर्ष आइरहेको थियो। त्यहीबेला दामनतिर हिउँ परेको खबर आयो। मलाई हिउँ खेल्न जान मन लगेको थियो।
शनिबार नयाँ वर्ष परेको थियो। मलाई बाबालाई 'दामनमा हिउँ खेल्न जाउँ' भन्न मन लागेको थियो। तर बाबाले नै भन्नुभयो, 'आज दामन जाने।' मलाई कति धेरै खुशी लाग्यो भने म भन्नै सक्दिन।
बाबाको शनिबारै दामनमा कार्यक्रम रहेछ। त्यसैले म र मामुले हिउँ खेल्न पायौं। दामन जाने बाटोमा त सेतसेतै हिउँ परेको रहेछ। गाडीहरू हिँड्न गाह्रो भएर जाम भएको रहेछ। हामी दामन पुग्दा राती भइसकेको थियो। तर बाटोमा हल्का हिउँसँग अलिअलि त रमाएँ। भोलिपल्ट उठेर दामनको वनस्पति उद्यानमा हेर्दा त सेतै रहेछ जतासुकै।
दामनमा त कति चिसो हुँदो रहेछ। हिउँ परेपछि झन् चिसो भएको भन्नुभयो बाबाले। विरूवाहरुलाई पनि हिउँले थिचेको रहेछ। घरका छानाभरि हिउँ नै हिउँ। अनि त बाबाआमा र अरू धेरैजनाले हिउँ खेल्यौं। मैले त हिउँका घर र मानिस पनि बनाउन पाएँ। हिउँ खेल्दा त मज्जा भयो तर पछि जाडो पनि भयो। अनि यसो घाम पनि ताप्यौं। जे भए पनि मलाई हिउँसँग रमाइलो लाग्यो।
दिउँसो त बाबाको वनस्पति सम्बन्धी कार्यक्रममा थुप्रै मानिस पनि आउनुभो। मैले त अचम्म माने, मानिसहरू हिउँमाथि कुर्सी राखेर बसेका थिए। मैले त हिउँसँग धेरै फोटाे पनि खिचेँ र रमाएँ। कति धेरै मानिस हिउँ खेल्न आएका नि बाबै! बाटाभरि गाडी नै गाडी।हामी त आउने बेलामा पनि जाममा, जाने बेला पनि।
तपाईहरूले पनि हिउँ खेल्नु भएको होला नि है! नखेलेको भए दामन आउनुस्। हिउँ परेको बेलामा धेरै मज्जा हुन्छ।
(रुबस पराजुली जि एस निकेतन माध्यामिक विद्यालउ, हेटौंडा मकवानपुरमा कक्षा ३ मा अध्ययनरत छिन्।)