सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
मामुसँग छिट्टै उढ्ने सेनेकाको बानी
आफ्नो गृहकार्य आफैँ गर्ने कति राम्रो बानी
कोठाहरू सफा गरी सामान थन्क्याउने
कापी-किताब मिलाएर सधैंसधैं राख्ने।
दाँत माझ्ने, भाँडा माझ्ने, लुगा सफा राख्ने
भोक लागे मामुसित खानेकुरा माग्ने
दुःख दिने, कुरा काट्ने सानी बानी छैन
हात नधोइ खाने आनीबानी छैन।
मैलो लुगा खोली धुने ठाउँमा राख्ने
सफा लुगा लगाएर चिटिक्क पर्ने
कहिले कथा पढ़ने, कहिले ज्ञानका कुरा हेर्ने
राम्रा कुरा हेरी सबैलाई कहने।
सबैलाई आदर गरी समान व्यवहार गर्ने
भेदभाव विना सबैसँग मिलिजुली बस्ने
नेपाललाई माया गरी असल मान्छे बन्ने
आफ्नो भाषा आफ्नो देश सधै प्यारो गर्ने।