सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
कविता:
तिखो-तिखो कलम लेख्छु म त सरर
कथा गीत कविता लेख्छु-पढ्छु फरर ।१।
कलमले हामीलाई दिन्छ धेरै ज्ञान
कलम हामी विद्यार्थीको धेरै ठूलो सान ।२।
राम्रा राम्रा कविता कलमले लेख्नेछौँ
कलमले धेरै लेखी ठूलो मान्छे बन्नेछौँ ।३।
गृहकार्य कक्षाकार्य कलमले गर्छौं
कलमलाई माया गरी आफूसँगै राख्छौँ ।४।
यी कलिला हातले कलमका साथले
विश्वलाई चिनाउछौं सिर्जनाका साथले ।५।
कलम हाम्रो गहना सजाउछौँ जीवन
राम्रो प्रयोग गरेमा यही हो हाम्रो धन ।६।
राम्रा कुरा पढेर कलमले लेखेर
सबै मिली अघि बढौँ परिश्रम गरेर ।७।
(संविद ढकाल डियरवाक सिफल स्कुलमा कक्षा ४ मा अध्ययनरत छन्।)