सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
कविता:
पाइने होइन जोतेर, बारी कहाँबाट ल्याउँछौ?
सीताजस्तो सभ्य नारी कहाँबाट ल्याउँछौ?
छोरी हुँदा गर्भमै मार्नेहरूलाई मेरो एउटा प्रश्न
यदि यसो गर्यौ भने तिमीले बुहारी कहाँबाट ल्याउँछौ?
महिलालाई श्राप भन्छौ भने किन चाहन्छौँ आमाको माया?
आहिले त ठूलो भएछौं सानामा खोज्थ्यौ आमाकै छाँया
जुन मानसम्मान हुन्छ मनमा आमाप्रति
हुनैपर्छ त्यही मानसम्मान सबै महिलाप्रति
छोरीलाई घरको बोझ नमानी मान्नुपर्छ शिरको ताज
हामीले सुरू गर्यौँ भने मात्र सुध्रिन्छ देश र समाज
केटा सुन हो भने केटी कोइलाको खानीमा रहेका हिरा
जलाई दिनुपर्छ रीतिरिवाजलाई जसले हुन्छ महिलालाई पीडा
महिला हाम्रो देशको मानसम्मान हो भने उनको इज्जत गर्नुपर्छ
आफ्नो लागि धेरै बाच्यौँ अब देशको मानको लागि केही गर्नुपर्छ
आऔँ हामी कसम खाऔँ कहिल्यै नगर्ने महिलाको अपमान
मानौँ छोराछोरीलाई एक समान, मिलेर बढाऔँ देशको मानसम्मान।
(अविनाश कुमार साह मुनलाइट माध्यामिक विद्यालय बरहथवा, सर्लाहीमा कक्षा ८ मा अध्ययनरत छन्।)