सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
...
कविता:
हरिया पहाडको बिचमा छ मेरो गाउँ
राजधानीबाट नजिकै पनौती हो त्यसको नाउँ
हुन्छ यहाँ १२ वर्षे मकर मेला
देश र विदेशका मान्छे भई भेला
रोसी खोलामा बग्छ कलकल सफा पानी
सम्पदा, कला र संस्कृतिमा छौ हामी धनी
बेथानचोकको सुन्दरताले पर्यटकलाई आन्नदित बनाउँछ
हामीले उत्पादन गरेको सुन्तलाले नेपालीको मुख मिठ्याउँछ
यहाँ बस्छन् मिलेर सबै जातजाति
जहाँ गए पनि मलाई मेरो प्यारो पनौती।
नाम: साकुरा बन्जारा
ठेगाना: पनौती
स्कुल : काठमाडौं युनिभर्सिटी हाई स्कुल
कक्षा: ३