सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
चैत्र २९ गते। म बिहानै उठेर लुगा लगााएर तयार भएँ। साह्रै उत्सुक थिएँ। बल्ल दुई वर्षपछि सानो सुस्त कोठाबाट बाहिर निस्कन पाएँ। मैले आफनो झोलामा चार सेट लुगा, मञ्जन, ब्रस, साबुन, एउटा किताब र तीन बोतल पानी लगेको थिएँ। मैले आफूसँग गाडिमा खान जुस, चिप्स, चक्लेट, तितौरा र चाउचाउ लगेको थिएँ।
मलाई चितवन असाध्यै मन पर्यो। उसै त मलाई यात्रा गर्न सोख चल्छ। त्यसमाथि चितवन गइरहेको! काठमाडौंदेखि चितवनको यात्रामा मैले त्रिसुली नदी देखेँ। मलेखुको माछा र मनकामनाको सुन्तला पनि खाएँ। बीच बाटोमा पोखरा र चितवन जाने बाटो छुट्टिदो रहेछ। हामी चितवनको बाटो लाग्यौं।
चितवन पुगेपछि हामीले एकछिन थकाई मार्यौ। एकछिन थकाई मारेपछि हामीले बग्गी चढयौं। बग्गीले हामीलाई हात्ती प्रजनन केन्द्र लग्यो। हात्ती प्रजनन केन्द्र वरिपरिको वातावरण देखेर किन नेपाललाई सौन्दर्यको भण्डार भनिन्छ भनेर बुझेँ। हात्ती प्रजनन केन्द्र भित्र जान १५० प्रति व्यक्ति लाग्दो रहेछ। तर बच्चाहरूलाई नलाग्ने रहेछ। त्यहाँका ठूला हात्ती सिक्रीले बाधेँको हुँदो रहेछ। तर बच्चा हात्तीलाई बाधेको हुँदो रहेनछ। बच्चा हात्तीले खाना देखेपछि उ बिस्तारै नजिक आउँदो रहेछ।
बग्गीवाट फर्किदा हामीले परको नदीमा गोहीको बच्चा देख्यौं। त्यही नदीको अर्को दिसामा भैसीहरू नुहाउदै थिएँ। बग्गी चढीसकेपछि हामीले सर्वत खायौं। हामी फेरी साँझ भएपछि सौराहा बजारको रमाइलो हेर्न बाहिर निस्कियौं। सौराहा बजारमा मान्छेको भिड थियो। कोरोनाले गर्दा विदेशीहरू कमै थिए। हामीले त्यो रात एउटा थकाली खानाघरमा खाना खायौं। सुत्नको लागि आफनो होटल फर्कियौं।
अर्को दिन हामी विहानै उठयौं। ब्रस गर्यौ र आफनो जिउ ख्वालल नुहायौं। नुहाएर लुगा लगाएपछि हामी एउटा पसल गयौं। पसलमा चिया खायौं र जंगल सफारीमा खान दुइटा बिस्कुट, चिप्स र पिउनका लागि दुई बोतल पानी किन्यौं। अनि एउटा डयाममा हामीसँग बस्ने मान्छे कुर्यौ। हामीसँग जंगल सफारीमा चारजना भारतिय र दुई अमेरिकन थिए।
जिप चढनुभन्दा पहिले एउटा नदी पार गर्नुपर्ने रहेछ। त्यो नदी पार गरिसकेपछि हामी जिपमा चढयौं। जंगल सफारी सुरू हुन नपाउँदै हामीले हरिणको बथान देख्यौं। केही बेरपछि हामीले गैंडा पनि देख्यौं। दुइटा कुखुरा पनि देख्यौं। ति कुखुरा हाम्रो गाडिसँग नडराई बाटो रोक्न खोज्दै थिए। केही समयपछि हामीले फेरि गैंडा देख्यौ तर त्यो पटक उसँग बच्चा गैंडा पनि थियो।
दुई घण्टापछि हामी घडियाल प्रजनन केन्द्र गयौं। घडियाल प्रजनन केन्द्रमा छुट्टाछुट्टै उमेरका घडियाललाई छुट्टाछुट्टै ठाँउमा राखिएको हुँदो रहेछ। घडियालहरू मान्छेलाई देख्ना साथ हल्लिदैनन् रहेछ। घडियाल प्रजनन केन्द्र हेरेपछि हामीले बरफ खायौं। बरफ खाएपछि हामी फर्किन भनेर फेरि गाडीमा चढयौं। फर्किएको बेला हामीले लंगुर, चितल, जंगली सुगुँरको बच्चा, सुगा, बाँदर र चिल देख्यौं।
जंगल सफारी गरेपछि हामीले 'पोखरेली थकाली खाना घर र गेष्ट हाउस' भन्ने ठाँउमा खाना खायौं। हामीले त्यही ठाउँमा त्यस रात बस्ने विचार गर्यौ। त्यो रात हामीले थारू सांस्कृतिक कार्यक्रम हेर्न भनेर टिकट काटयौं। थारू सांस्कृतिक कार्यक्रम असाध्यै राम्रो थियो। कार्यक्रमको अन्तिममा हामी पनि नाच्यौं। थारू सांस्कृतिक कार्यक्रम सकिएपछि मेरो बाबा र मैले चिनोको रूपमा चितवन राष्ट्रिय निकुञ्ज लेखेको टिसर्ट किन्यौं। त्यसपछि खाना खान भनेर हामी आफनो ठाँउमा गयौं।
हाम्रो चितवनको यात्रा यति नै।
(कश्यप गौतम मातृभुमी स्कुलमा कक्षा ५ मा अध्ययनरत छन्।)