सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
...
कविता:
रूँदै थिइन् मेरी आमा छोरासँग छुट्टिनुपर्यो भनेर
यात्रा थियो राजधानीको अनेकौं सपनाको भारी बोकेर
तिमीले म काठमाडौं पढ्नको लागि
घाँस काट्न जाँदा आफ्नो हातबाट कयौँ पटक रगत बगायौं
छोरा त ठूलो भएपछि मलाई आश्रम नपठा भन्दै
आफूले एक छाक खाएर मेरो लागि कयौं सपना सजायौ
सपना पूरा गर्न सहर पसेपछि निकै समय लाग्ने रहेछ
आमाको सझनामा कयौंपटक यी आँखाबाट आँसु बग्ने रहेछ
धेर्य गर्नुस् मेरी आमा म मेहनत गर्नेछु अनि खुसी तिमीलाइ बनाउने छु
जिवनको यात्रामा म जहाँ पुगेपनि तिमीलाई मनमा सजाउने छु।
(दिपक गिरी मुनलाइट उच्च माध्यमिक विद्यालय, सर्लाहीमा अध्ययनरत छन्।)