सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
...
कविता:
कर्तव्यलाई साथी मानी कर्म गर्न सकौँ
सत्मार्गमा पाइला चाली गर्व गर्न सकौँ
बोली नम्र मिजासिलो सज्जन बन्न सकौँ
सेवा गर्दै स्वदेशको सपुत भन्न सकौँ
विकास गरी यही भूमिमा मोती झार्न सकौँ
संस्कृति र संस्कारको बेर्ना सार्न सकौँ
गरिबको पीडा बुझी मलम लाउन सकौँ
नि:स्वार्थी भई सुमार्गको शिखर धाउन सकौँ
कालो पर्दा विभेदको च्यातिदिन सकौँ
कुरीति र विसंगति फ्याकिदिन सकौँ
झरनाजस्तै कलकल बगी निर्मल हुन सकौँ
समानता र सत्कर्मको गगन छुन सकौँ
देश प्रेम टाकुरामा झुलाउन सकौँ
राष्ट्रियता पाखुरामा फुलाउन सकौँ।
(सुप्रभ आचार्य डियरवाक सिफल स्कुलमा कक्षा ८ मा अध्ययनरत छन्।)