सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
...
कविता:
नौ नौ महिना कोखमा राखी तिमीले जन्म दियौ
को खाई को खाई हाम्म बाबु भन्दै भात ख्याँयौ
मेरी आमा तिमी नै हौ मेरो पहिलो गुरू
पढ्न-लेख्न गरे प्रयास तिमीबाटै सुरू
आफूले खाई नखाई गरी मलाई ख्वायौ
काम गर्न नदिकन सुखमा नै राख्यौ
धेरै दुःख-कष्ठ गरी जुटाइदियौ माम
बिना स्वार्थ माया गर्ने तिमी नै हौ आमा।
(इसिका पाण्डे श्री बालसिद्द सेकेन्डरी स्कुलमा कक्षा ६ मा अध्ययनरत छिन्।)