सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
...
कविता:
सुन्दर पुतली
कति धेरै राम्रो
सँधै नै आउँछन्
बगैँचामा हाम्रो
रस चुस्ने गर्छन्
फूलहरूबाट
उनीहरूसँग
दु:ख-सुख साट
सुन्दर ठाउँमा
बस्न रमाउँछन्
बगैँचाहरूमा
घुलमिल गर्छन्
विभिन्न रंगका
छन् पुतलीहरू
खेल्न मन लाग्छ
धेरै खेलहरू
पुतली देख्दा त
मनै खुसी हुन्छ
उडेको हेर्दा नै
उड्न मन लाग्छ
दुइटा पखेटा
छन् पुतलीसँग
डुल्न मन लाग्छ
फूलबारीसँग
(रूबस पराजुली जी एस निकेतन माध्यामिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत छिन्।)