सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
...
मैले यो चित्र ७ वर्ष हुँदा बनाएकी थिएँ। अहिले म १० वर्षकी भएँ। त्यतिबेला म कक्षा एकमा पढ्थेँ। अहिले पाँचमा पढ्छु।
तीन वर्षसम्म मैले यो चित्र सुरक्षित राखेँ। चित्र च्यातिन लागेको थियो तर मैले जतनसाथ राखेकाले च्यातिन पाएन। यो मेरो सबैभन्दा मनपर्ने र अहिलेसम्म बनाएको सबैभन्दा ठूलो चित्र हो। मैले यसमा पुनः रंग भरेकी छु। लामो समयसम्म राखेकाले यसको रंग फिका हुन थालेको थियो।
म ४ वर्षकी हुँदादेखि भविष्यमा चित्रकार बन्छु भन्ने सपना बोकेकी हुँ। यदी मैले अहिले बनाएका चित्रहरू सुरक्षित राख्न सकेभने ति सायद भविष्यका लागि महत्वपूर्ण हुनेछन्।
हामी सबैले एकदम मिहिनेतसँग काम गर्नुपर्छ र आफ्नो कला वा कामलाई सुरक्षित राख्नुपर्छ। त्यसलाई समय–समयमा मर्मत पनि गरिरहनुपर्छ। त्यही भएकाले मैले तीन वर्षपछि चित्रमा रंग भरे।
मेरो चित्र कथा पढ्नु भएकोमा सबैलाई धेरै धन्यवाद!